भारतमा मोदी चले तर फिल्म चलेन

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १६:५६

एजेन्सी । दोश्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ बक्स अफिसमा खासै कमाल देखाउन सकेन । चुनावको संघारमा रिलिज भएको चलचित्रले दर्शकलाई हलसम्म पनि खासै तान्न सकेन । फिल्मको ट्रेलरपछि निकै बिवाद र आलोचनामा आएको थियो । चलचित्र रिलिज भएको हप्ता दिन पुग्दा समेत फिल्मको कलेक्सन खासै राम्रो देखिएको छैन ।

रिलिजको छैटौँ दिन फिल्मले १।१७ करोडको कमाई गरेकोछ । फिल्मले ६ दिनमा बक्साफिसमा मात्र १६ करोडको ब्यापार गरेको छ । यो कलेक्सन गर्दा समग्रमा भन्न सकिन्छ भारतमा मोदी चले तर फिल्म चलेन । यो चलचित्र १२०० स्क्रिनमा रिलिज भैरहेको छ ।

चलचित्रमा नरेन्द्र मोदीको भुमिका बिबेक अब्रोयले निभाएका छन् । चलचित्रमा नरेन्द्र मोदीको बालापन देखि लिएर प्रधानमन्त्रीसम्मको यात्रालाई देखाइएको छ ।

चलचित्र उमंग कुमारले निर्देशक गरेका हुन् भने निर्माता सन्दिप सिंह हुन् । चलचित्रमा विवेकसगैँ बोमन ईरानी, दर्शन कुमार, वहीदा रहमान, मनोज जोशी र बरखा बिष्ट-सेनगुप्ता मुख्य भुमिकामा देखिएका छन् ।

२०७६ जेठ १६ गते १६:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर