लेक लागेर महिलाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १६ गते १७:०७

मनाङ्ग । मनाङको ङिस्याङ गाउँपालिका–४ पिसाङमा लेक लागेर एक महिलाको मृत्यु भएको छ।

धादिङ घर भई विगत २८ वर्षदेखि लमजुङमा मजदुरी गर्दै आएकी ४५ वर्षीया सुकमाया तामाङको बुधबार राति लेक लागेर मृत्यु भएको हो ।

मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा मजदुरी गर्दै आएकी तामाङको यार्सागुम्बा सङ्कलकका लागि तरकारी बेच्न जाँदै गरेको अवस्थामा लेक लागेर मृत्यु भएको हो ।

लेक लागेर बेहोस भएकी उनको लमजुङ सामुदायिक अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए ।

२०७६ जेठ १६ गते १७:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर