साताको अन्तिम दिन सुनको भाउ ह्वात्तै बढ्यो, कति पुग्यो ? हेर्नुहोस्…

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १७ गते ७:३८

आज छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं स् आज साताको अन्तिम दिन अर्थात शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाले बढेर छापावाल सुन प्रतितोला ६१ हजारमा कारोबार भइरहेको छ।

बिहीबार ५९ हजार ५ सय रुपैयामा कारोवार भएको छापावाला सुनको मुल्य आज १५०० ले बढेर तोलाको ६१ हजार रुपैयाँ पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन पनि आज १ हजार ५ सय रुपैयाले नै बढेको छ। हिजो तोलामा ५९ हजार ५ सय रुपैया रहेको तेजावी सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैया पुगको छ।

चाँदीको भाउ आज ५ रुपैयाले बढेर प्रतितोला ७ सय ५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ।

२०७६ जेठ १७ गते ७:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर