सप्तरीमा भ्यान दुर्घटना, एकको मृत्यु, चार घाइते

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १७ गते १५:१४

सप्तरी । सप्तरीमा भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

शुक्रबार करिब ३ बजेतिर सुरुङ्गा नगरपालिका ५ कुशहामा यात्री चढाइरहेको भ्यानलाई पछाडिबाट मिनी ट्रकले ठक्कर दिँदा सुरुङ्गा नगरपालिका ७ की ६५ वर्षीया हदिसा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले डिसी नेपाललाई जनाएको छ।

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना १ ज ५५५६ नम्बरको भ्यानलाई सोही दिशाबाट जाँदै गरेको १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा एक बालकसहित चारजना घाइते भएका छन्। घाइतेको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

२०७६ जेठ १७ गते १५:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर