कार्टुन्ज क्रु जुनियरको ‘पिरतीमा…’ सार्वजनिक (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १८ गते ५:२३

ठमाडौँ । गायिका सुस्मा पुर्णिमा अर्याल र गायक शिखर सन्तोषको  स्वरमा रहेको “पिरतीमा” बोलको गीत सार्वजनिक भएको छ । द कार्टुन्ज क्रु जुनियर अभिनीत यस गीतलाई द कार्टुन्ज क्रु को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक उक्त गीतमा सन्तोष तिमिलसिनाको शब्द रहेको र भने गायक शिखर सन्तोषको नै संगीत रहेको छ । एरेन्ज भने गोपाल रसाइलीको रहेको छ ।

उक्त गीतमा माया पिरतीको भाव समावेश गरिएको छ । कार्टुन्ज क्रु जुनियर र विजय अधिकारी (बन्नी)को अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँङ्कन गरेका हुन् । कार्टुन्ज क्रुका आश्मासरोजपनि फिर्चड छन् भिडियोमा ।

सरोज अधिकारी र आश्मा बिश्वकर्माको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । कार्टुन क्रु जुनियरको निकै राम्रो नृत्य रहेको उक्त गीतको भिडियोलाई लाक्पा डि लामाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो …

२०७६ जेठ १८ गते ५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर