अलिसा राई र भिमफेदी गाइजको ‘बबाल’ गीत रिलिज (भिडियोसहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १८ गते ५:४४

काठमाडौँ । चर्चित गायिका मिना निरौला र गायक अर्जुन प्रसाद पौडेलको  “बबाल” बोलको गीत हिजो साँझ सार्वजनिक भएको छ । अर्जुन पौडेल अफिसियल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको थियो । गीतको शीर्षक जस्तै गीत पनि बबाल नै बनेको छ ।

जानु कम्बंग लिम्बुको शब्द रहेको उक्त गीतमा मिन बिष्टको संगीत रहेको छ भने कुमार थापाको एरेंज रहेको छ । चर्चित अभिनेत्री तथा मोडल अलिशा राई र भिमफेदी गाइजको अभिनय रहेको उक्त गीतको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँङ्कन गरेका हुन् ।

गीतको भिडियोमा अलिसा राई र भिमफेदी गाइजको आकर्षक नित्य देख्न सकिन्छ । सोनाम पाख्रिनको निर्देशनमा तयार भएको गीतको भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ १८ गते ५:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर