‘प्रेमगीत ३’मा यी मध्ये को बन्ला त चर्चित नायक प्रदिप खड्काको गीत ? (भिडियो रिपोर्ट)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १८ गते ७:४१

काठमाडौँ । आखिर नेपाली सिनेमाका चर्चित नायक प्रदिप खड्काको जोडीको रुपमा प्रेमगीत ३ मा को बन्ला त गीत ? आज हामी यस भिडियोमा यसै विषयमा रहेर विशेष कुराकानी गर्नेछौँ ।

तपाईँहरूको मनपर्ने नायक प्रदिप खड्का अझ भनुँ मनपर्ने चलचित्र प्रेमगीतको तेस्रो सिरिजका लागि २५ जना छानिएका युवतीमध्ये उत्कृष्ट एक जना युवती जो अडिसनबाट गीत बन्नको लागि तयार हुनेछिन् । तपाईँहरूको विचारमा कसलाई चाहिँ प्रेम अर्थात प्रदिप खड्कोको गीत बन्न लायक छ भन्ने लाग्छ प्रतिक्रिया दिनुहोला ।

यस भिडियोमा हामी २७ सय बाट छानिएका २५ जना युवतीको बारेमा जानकारी गराउँदैछौँ जो प्रेमगीत ३ मा गीत बन्नका लागि अडिसन दिन आएका छन् । कतिपयको जानकारी छोटो रुपमा जानकारी गराउनेछौँ भने कतिको अलिक विस्तृत रुपमा गराउनेछौँ ।

सन्तोष सेन र चेतन गुरुङको निर्देशनमा तयार हुने चलचित्र प्रेमगीत ३ ले आफ्नो प्रदर्शनी मिति तय गरेको छ । चैत्रको २८ गते बाट रिलिज हुनेछ र जानकारी अनुसार यो सिनेमाको छायाङ्कन दशैँपछि हुने भनिएको छ । यतिबेला निर्माणपक्ष प्रि प्रोडक्सनमा व्यस्त छ ।

चलचित्रको लागि नायिकाको आवेदन खुल्ला गरिएको थियो र २७१४ जना भन्दा बढीले आवेदन भरेका मध्येबाट २५ जनालाई अडिसनमा छानिएको छ र ती अडिसनमा छानिएकाहरुको सानो परिचय यस भिडियोमा हामी देखाउनेछौँ ।

थप तथा विस्तृत जानकारीको लागि हिट नेपालले तयार पारेको यो विशेष रिर्पोट हेर्नुहोस्…

२०७६ जेठ १८ गते ७:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर