आज ह्वात्तै बढ्यो सुनको भाउ, तोलाको कति छ ? हेर्नुहोस्

आजको खबर   |    प्रकाशित : २०७६ जेठ १९ गते ६:००

काठमाडौं । आज आईतबार सुनको भाउ ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने यथावत छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ १९ गते ६:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर