प्रहरीलाई २०० रुपैयाँ घुस दिन खोज्ने दुई जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २० गते ८:४०

काठमाण्डौं। महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने २ जनालाई पक्राउ गरेको छ।

यही जेष्ठ १९ गते २३ः३० बजे काठमाण्डौं महानगरपालिका–२८ पुरानोबसपार्कमा चेकजाँचको क्रममा बा.६७ प ८८११ नम्बरको मोटरसाईकल चालक रामेछाप मन्थली नगरपालिका ११ बस्ने वर्ष २२ को कोषराज बोहरा र मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने वर्ष २२ को विवेक कार्कीलाई पक्राउ गरेको छ।

उनीहरुले प्रहरीलाई नगद २ सय रूपैयाँ दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेका थिए। घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ।

२०७६ जेठ २० गते ८:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर