अन्जु पन्त र विरेन्द्रको गीत ‘पिरिमको बाढी’ मा दीलिप र केकीको फिचर्ड (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २१ गते २:५३

काठमाडौँ, । नेपाली सांगितिक क्षेत्रका लोकप्रिय गायिका अन्जु पन्त र गायक वीरेन्द्र श्रेष्ठको आवाजमा सजिएको नयाँ गीत ‘पिरिमको बाढी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त ‘पिरिमको बाढी’ बोलको गीत ८ के एभरेष्ट मोसन पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत हिजो युट्युबमा रिलिज गरिएको हो । गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ भने नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

प्रकाश धितालले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ भने यी दुईको जोडी निकै सुहाएको छ यस गीतमा । गीतको भिडियोलाई सन्तोष राजवहाकले कोरियोग्राफी गरेका छन् भने विकास दाहालले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

२०७६ जेठ २१ गते २:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर