शिक्षिकाको कुटाईबाट घाईते बिद्यार्थीहरुले एकसाथ गरे शिक्षिकाको कर्तुत पर्दाफास

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २१ गते ५:०८

केही दिन अघि रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएको खबर बाहिरिएको थियो भने आज हामी यस भिडियोमा तिनै विद्यार्थीहरुलाई एकसाथमा गरिएको भिडियो कुराकानी पेश गर्दैछौँ जहाँ ती विद्यार्थिहरुले शिक्षिकाको कतुर्तको बारेमा सबै रहस्य खोलेका छन् ।

दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका हुन् ।

उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

उनीहरुको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिएका थिए भने आज ती विद्यार्थिहरुले शिक्षाकाको बारेमा एकसाथ मिडियामा बोलको छन् । आखिर किन त्यस्तो निदर्यी तरिकाले कुटिन् ती शिक्षाकाले यी विद्यार्थीहरुलाई ? कुट्नुको रहस्य के थियो, हेर्नुहोस् आज यो भिडियोमा विद्यार्थीहारुको मुखबाट नै ….

भिडियो :

२०७६ जेठ २१ गते ५:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर