आज बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर , कति पुग्यो तोलाको हेर्नुहोस्…

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २१ गते ७:४४

काठमाडौं । आज मंगलबार सुनको भाउ दुई सयले बढेको छ। हिजो ६१ हजार ५ सय रुपैँयामा कारेबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढरे तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ सय रुपैँयाले बढेर ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो।

त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

२०७६ जेठ २१ गते ७:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर