पश्चिमी वायुको प्रभाव : आजबाट ३ दिन मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २२ गते ४:२०

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बुधबार देशभर मेघ गर्जन र हावाहुरीसहित आंशिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिम बंगालको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको विभागले जनाएको छ।

वर्षासँगै पछिल्ला दिनमा तापक्रम पनि घटेको छ। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियसमा मापन गरिएको थियो ।

२०७६ जेठ २२ गते ४:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर