पक्राउ परेका ज्योतिष अर्जुन क्षेत्रीको प्रहरीसमक्ष बयान – ‘मैले त अनुमान मात्रै गरेको हो’

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २२ गते ७:०१

काठमाडौं। सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका तथाकथित ज्योतिष अर्जुन क्षेत्रीले आफूले महाभूकम्प आउने अनुमान गरेको बयान दिएका छन् ।

हिजो गौशालाबाट पक्राउ परेका क्षेत्रीले प्रहरीसमक्ष दिएको बयानमा आफूले अनुमान मात्र गरेको बताएका हुन् । यसअघि उनले सामाजिक संजालमार्फत आफूलाई ज्योतिष बताउँदै नेपालमा यही जेठ महिनाभित्र महाभूकम्प आउने ठोकुवा गरेका थिए ।

प्रहरीसँगको बयानमा उनले अनुमानको भरमा उनले उक्त कुरा बोलेको बताएका हुन् । प्रकाउ परेका क्षेत्रीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

पक्राउ परेका क्षेत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर पहिलोपटक आफूलाई युवा ज्योतिष भन्दै चिनाएको र जेठ महिनाभित्र महाभूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए । उनीमाथि ज्योतिष महासंघले समेत कारबाही गरेको बताइएको छ ।

२०७६ जेठ २२ गते ७:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर