नेपालहुँदै चीन तस्करी गर्न लागिएको रक्तचन्दन बरामद, नेपाली तस्करको पहिचान भएको दाबी

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २३ गते १:२४

नयाँ दिल्ली । भारतमा रक्त चन्दनको अन्तर्राष्ट्रिय तस्करको जाले पर्दाफास गरिएको भारतीय प्रहरीले जनाएको छ । दिल्लीमा ५७१ किलो रक्तचन्दनसहित पक्राउ परेका व्यक्तिका माध्यमबाट अन्तर्राष्ट्रिय जालोसम्म पुगेको भारतीय प्रहरीको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीले दिल्लीबाट दार्जिलिंग निवासी अमित बर्मालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमितले दक्षिण दिल्लीको असोला गाउँमा भाडामा गोदाम लिएर रक्तचन्दनको गोदाम राखेको प्रहरीले जनाएको छ । दक्षिण भारतका तमिलनाडु, कर्नाटक र आन्ध्र प्रदेशबाट रक्त चन्दन तस्करी गरे दिल्ली ल्याइने र त्यहाँबाट नेपालहुँदै चीनसम्म तस्करी हुने गरेको भारतीय प्रहरीले दावी गरेको छ ।

प्रहरीले ३ मेमा असोलाको एक गोदाममा छापा मारेर ५७१ किलो रक्तचन्दन बरामद गरेको थियो । यसको मुल्य अन्तर्राष्ट्रि बजारमा करिब ३ लाख रहेको भारतीय प्रहरीको दावी छ । गएको २९ सेप्टेम्बरमा पनि भारतीय प्रहरीले ४५ सय किलो रक्तचन्दनसहित एक ट्रक कब्जामा लिएको थियो । त्यति बेला पक्राउ परेका तीनजनासँग सोधपुछपछि तस्करको जालोबारे प्रहरीले महत्वपूर्ण सूचना पाएको जनाइएको छ । उनीहरुले दिएको सूचनाकै आधारमा अमित बर्मा पक्राउ परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमित यसअघि पक्राउ परेका एक तस्कर नीरज सहगलको नातेदार भएको प्रहरीले जनाएको छ । अमितसँगको सोधपुछमा अर्का एक तस्करबारे पनि सूचना प्राप्त भएको र उसको नेपालका तस्करसँग सम्बन्ध रहेको भारतीय प्रहरीको दावी छ । भारतीय प्रहरीले दुईजना नेपाली तस्करको पनि पहिचान भएको दावी गरेको छ । यद्यपी ती तस्करहरुको परिचय भने खुलाइएको छैन । उनीहरुलाई पक्राउ गर्ने प्रयास भइरहेको भारतीय प्रहरीको हवला दिँदै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

२०७६ जेठ २३ गते १:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर