प्रधानमन्त्री कप : सेमिफाईनलमा एपीएफको प्रतियोगिताकै खराब प्रदर्शन, ४१ रनमै समेटियो

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २३ गते ६:२८

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबले प्रतियोगिताकै खराब प्रदर्शन गरेको छ। किर्तीपुर मैदानमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई जम्मा ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ २२ ओभर १ बलमा ४१ रनमै समेटियो। यो स्कोर जारी प्रतियोगिताकै कम स्कोर हो। यसअघि कर्णाली प्रदेश ४७ रनमै समेटिएको थियो। एपीएफका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । शरद भेषवाकर र पृथु बास्कोटाले सर्वाधिक ७/७ रन जोडे ।

एपीएफलाई सस्तैमा समेट्न पुलिसका लागि ललित नारायण राजवंशीले किफायती बलिङ गरे । ललितले ६ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । यस्तै कुशल भुर्तेल र सागर ढकालले ३/३ विकेट लिए ।

२०७६ जेठ २३ गते ६:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर