प्रकाशमान सिंहको टिप्पणी : बलियो सरकारको कमजोर बजेट

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २३ गते ८:०७

काठमाडौं। प्रतिनिधिसभामा सरकारले सार्वजनिक गरेको बजेटमाथिको छलफल जारी छ। सत्ता पक्षले बजेटको बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्षलगायतका प्रतिपक्ष दलले भने बजेटको विरोध गरेका छन्। बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आर्थिक वर्ष २०७६/७७ को बजेटलालई बलियो सरकारको कमजोर मनस्थितिको बजेट भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलियो सरकारले कमजोर मनस्थितिको बजेट ल्याएको धारणा टिप्पणी गरेका हुन्। उनले संघीयता कार्यान्वयनको प्रतिवद्धता देखाउन पर्नेमा सरकार त्यसभन्दा पछि हट्दै गएको बताए।

प्रदेश र स्थानीय सरकारलाई छुट्याएको बजेट न्यून राखिएबाट नै सरकारको संघीयताप्रतिको प्रतिवद्धता स्पष्ट देखिएको उनको तर्क थियो। उनले राजधानीमा अझै पनि रानी पोखरी र धरहरा बनाउन नसक्ने सरकारले प्रत्येक प्रदेशका लागि विशिष्टिकृत आयोजना भन्दै बजेटमा ठूला ठूला योजना र लक्ष्य राखिएको बताए। सुरक्षित बसोबासको व्यवस्था गर्नका लागि पनि बजेटले ठोस योजना ल्याउन नसकेको दाबी उनले गरे।

कांग्रेसकै नेता बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उनले बजेट कागजको घाडा जस्तै भएको टिप्पणी गरेका हुन्। पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने उनले दाबी गरे।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उनले गरे। उनले समाजवाद हुँदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुदै पूँजीवाद उन्मुख भएको दाबी गरे। कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उनले गरे।

२०७६ जेठ २३ गते ८:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर