आफैंसँग यौन उत्तेजना आउने युवतीको कहानी

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २३ गते ८:५२

बीबीसी। ‘यो कुरा सुन्दा आश्चर्य लाग्न सक्छ, म सधैं आफैंलाई देखेर आकिर्षत हुन्छ।’ अन्य टिनेजर्स जस्तै मलाइ पनि आफ्नो व्यक्तित्व र सुन्दरताको चिन्ता हुन्छ। जब म नुहाउँदै हुन्छु वा कपडा लगाउँदै हुन्छु, वा सेक्शुअल आकर्षणको खोजीमा हुन्छु तब म आफूलाई ऐनामा हेर्छुु।

हुन सक्छ मेरो शरीर आकर्षित गर्ने खालको छैन। म केही पालती पनि छु। मेरा ओठ लामा छन्। मेरो कपाल घुँघुरिएको छ। तर विना कपडामा मेरो शरीरले मलाइ निकै आकर्षित गर्छ।

मलाइ मेरो सेक्शुअटिलीका बारेमा सोच्दा आफैंलाई आश्चर्य लाग्थ्यो। तर १७ वर्षको उमेरमा जब मैले आफ्नी यस विषयमा बताएपछि मेरो सोचमा परिवर्तन आयो।

हामीसँग ठूला भएका थियौं, अहिले पनि हामी केही साथी एकदम नजिक छौं। हामी बेला बेलामा आफ्नो यौन अनुभव शेयर गथ्र्यौं।
तर जब मैले आफ्नो यौन अनुभवका विषयमा उनीरुलाई सुनाएँ उनीहरुले मेरो कुरा बुझेनन् र उल्टै हासोको पात्र बनाए। उनीहरु मेरो कुरा सुनेर मेरो मजाक उडाउँथे।

म पनि उनीहरुले सुनाएको कुरा सुनेर हास्थे। तर म भित्रै भित्रै सोच्थे ममाथि केही गलत भइरहेको छ। अनि मैले थाहा पाएँ की आफैंमाथि आकर्षित भइरहेकी थिएँ। तर अब यो हुनु मेरालागि सामान्य भइसक्यो।

केही समय पहिला मैले के थापा पाएँ भने म आफैंलाई लिएर जे अनुभव गर्छु, त्यसकोलागि एउटा शब्द नै रहेछ। जुन शब्दको प्रयोग विज्ञानमा गरिन्छ, आटोसेक्शुअल। अब म आफूलाई गर्वसँग अटोसेक्शुअल भएको बताउँछु।
के हो अटोसेक्शुअलिटी?

ती मानिस जो आफ्नो शरीरलाई हेरेर यौन सुख प्राप्त गर्छन् र आफ्नो शरीर हेरेर आकर्षित हुन्छन्, ती मानिसलाई विज्ञानमा अटोसेक्शुअल भनिन्छ। यस्ता मानिस न गे हुन् न समलिंगी। उनीहरुकालागि अटोसेक्शुअल टर्मको प्रयोग गरिन्छ। यस्ता मानिसलाई कुनै पनि जेण्डरको व्यक्तिसँग यौन आकर्षण हुँदैन।

अटोसेक्शुअल एउटा यस्तो शब्द हो, जसलाई परिभाषित गर्न वैज्ञानिकले निकै मेहनत गर्नुपर्यो। यो शब्दलाई राम्रोसँग परिभाषा गर्न न धेरै डेटा चाहिन्छ न त धेरै खोज नै।

१९८९ मा यो शब्दको प्रयोग पहिलो पटक सेक्स चिकित्सक बर्नाड एपेलबाउमले एक पेपरमा गरेका थिए। उनले यो शब्दको प्रयोग ती व्यक्तिकालागि गरेका थिए जो अन्य व्यक्तिको सेक्शुअलिटीबाट आकर्षित हुँदैनन्।

तर आज यो शब्दको प्रयोग ती व्यक्तिकालागि गरिन्छ, जो विशेष रुपले आफ्नै शरीरबाट सेक्शुअली आकर्षित हुन्छन्। माइकल आरोन, मोडर्न सेक्शुअलिटी : द ट्रुथ अबाउट सेक्स एण्ड रिलेशनशिपका लेखक हुन्। उनका अनुसार आफैंलाई हेरेर आकर्षित हुनु सामान्य कुरा हो। तर केही मानिस अन्यको तुलनामा आफैंलाई हेरेर वा छोएर धेरै उत्तेजित अनुभव गर्छन, त्यस्ता व्यक्तिलाई अटोसेक्शुअल भनिन्छ।

धेरै मानिसले मलाइ नार्सिस्ट भने। अर्थात त्यो व्यक्ति जो आफैंलाई धेरै माया गर्छ र आफैंबाट मुग्ध हन्छन्। तर लन्डन विश्वविद्यालयमा अध्यापन गर्ने डा. जेनिफर म्याकगोभनका अनुसार नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डरका विमारीमा सहानुभूतिको कमी, प्रशंसाको जरुरत या स्वयंलाई लिएर धेरै भावनात्मक जस्ता लक्षण हुन्छन्। अटोसेक्शुअल फरक कुरा हो।

केही विशेषज्ञका अनुसार अन्य मानिसको जसरी अटोसेक्शुअल भएका मानिस पनि सुक्शुअलिटीका भिन्न भिन्न स्तरमा भेटिन्छन्। केही मानिस अटोसेक्शुअल हुनुका साथै अटोरोमेन्टिक पनि हुन्छन। जो स्वयंसँग डेट पनि जान्छन्।

अटोसेक्शुअल हुनुका साथ साथ कहिलेकाँही मलाइ पनि आम व्यक्ति जस्तै हुने इच्छा पनि हुन्छ। धेरै रिस पनि उठ्छ, आफ्ना साथीले मैले के अनुभव गरिरहेको छु भन्ने कुरा बुझ्दैनन्।

जब म केटा साथीसँग हुन्छु तब म बेग्लै अनुभव गरिरहेकी हुन्छु।  म अन्य धेरै मानिससँग रिलेशनशिपमा पनि बसेँ। तर म जस्तो आफूसँग हुँदा अनुभव गर्छु, त्यस्तो अनुभव अन्य कोहीसँग हुँदा पनि गर्न सक्दिन।

बीबीसी हिन्दीबाट

२०७६ जेठ २३ गते ८:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर