पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २४ गते ३:१९

चितवन। पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ। चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन्।

२०७६ जेठ २४ गते ३:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर