जेठ २६ गते, आइतबार सार्वजनिक विदा

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २४ गते ९:०६

काठमाडौँ । सरकारले आइतबार, जेठ २६ गते काठमाडौँ उपत्यकामासार्वजनिक विदा दिने भएको छ ।

सरकारले जेठ २६ गते अर्थात आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

उक्त मच्छिन्द्रनाथको भोटो राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाइने चलन छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ हिजो जावलाखेल पुर्‍याइएको छ ।

कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हुँदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पुर्‍याएका हुन् । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ ।

२०७६ जेठ २४ गते ९:०६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर