समृद्ध नेपालको सपना काँग्रेसबाहेक अरुबाट सम्भव छैन : नेता सिंह

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २५ गते १:२१

दैलेख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्ध नेपालको सपना काँग्रेसबाहेक अन्य दलबाट सम्भव नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस भैरबी गाउँ पालिका दैलेखले दैलेखको डाँडीमाडीमा आयोजना गरेको गणेशमान सिंह स्मृति भवन को सिलान्यास कार्यक्रममा बोल्दै नेता सिंहले समृद्ध नेपालको सपना कांग्रेसबाहेक अरुदलले पूरा गर्न नसक्ने बताए ।

उनले शसक्त र बलियो पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको भन्दै प्रभावकारी रुपमा पार्टी संगठन निर्माण गरेर मुलुकका सामु देखिएका चुनौतिहरु सामना गर्न लाग्नुपर्ने परिस्थिति सृजना भएकोबताए ।

उनले कार्यकर्ताहरुलाई चनाखो भएर बस्नसमेत निर्देसन दिए ।

बर्तमान सरकार जेजसरी पनि राज्य सत्ता कब्जामा लिएर अधिनायकवाद लाद्न खोजिरहेको छ भन्दै आफुहरुलार्इ बहुमतका नाममा गरिने असंबैधानिक कदमहरु मान्य नहुने बताए । संघियता कमजोर बनाउन उद्दत रहेकाले वर्तमान सरकारलाई बिश्वास गर्न नसकिने उनले बताए ।

मुलुकका दुर दराजमा यातायात सुबिधा पुराउन नसक्ने सिंहदवारको छेउको सडकको खाल्डाखुल्डी पुर्न नसक्ने सरकारेले पानी जहाज र रेलको सपना बाँढ्नु हाँस्यास्पद भएको भन्दै पहिला नागरिकलाई यातायात, स्वास्थ्य र शिक्षाको सुबिधा पुर्याउनसमेत अपिल गरे ।

यतिबेला बुलुक बर्तमान सरकारकै उत्ताउलोपनका कारण फेरि पनि राजनीतिक अन्तरद्वन्द्वमा फस्न लागेको प्रति गम्भीर हुन समेत उनले आग्रह गरे । सरकारका उत्ताउलो भाषणभन्दा पनि जिम्मेवारपूर्ण बिचार निर्णयले मात्र तमाम समस्याको समाधान निस्कने भएकाले जिम्मेवारीपूर्ण बन्न सुझाव दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानि गायतले धारणा राखेका थिए ।

नेकपालगायत अन्य पार्टी छोडेर नेपाली कांग्रेसमा ४ दर्जनभन्दा बढि नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टी सदस्यता प्रदान गरि कांग्रेस नेता सिंहले स्वागत गरेका थिए ।

२०७६ जेठ २५ गते १:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर