सारेगमपमा चौथो भएका आयुष केसीलाई यति धेरै रकमले सम्मान, हेर्नुहोस् कसले गर्यो ? (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३० गते ८:२८

काठमाडौँ । भारतीय जिटिभी रियालिटी सो सारेगमप लिटल च्याम्समा सहभागि भएर फर्किएका आयुष केसीलाई भक्तपुरमा सम्मान गरिएको छ ।

आयुषलाई भक्तपुरस्थित मोर्डन बोर्डिङ स्कुलले एक लाख रुपैयाँ पुरस्कारसहित भ्व्य स्वागत गरेको हो । उनी मोर्डन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छन् । फ्रेब्रुअरी ९ बाट सुरु भएको सारेगमपमा नेपालबाट दुई जना फाइनलमा पुगेका थिए ।

१६ वर्ष भन्दा कम उमेरका बालबालिकाहरू यो कार्यक्रममा सहभागी छन्। यो वर्ष प्रितम आचार्य र आयुष केसी सहित नेपालबाट ८ जना सहभागी भएका थिए भने यी दुई मात्र कार्यक्रममा सहभागी हुन पाएका थिए । ‘कलिङ्ग राउण्ड’ अनि ‘मेगा अडिसन’राउन्ड हुदै उनीहरु टप ११, टप ९ ९सेमिफाइनल० हुँदै अब फाइनल सम्मको यात्रा तय गर्न सफल भएका थिए।

थप तथा विस्तृत जानकारीको लागि केन्द्रबिन्दु न्युजलले तयार पारेको यो भिडियो रिर्पोट हेर्नुहोस् …

२०७६ जेठ ३० गते ८:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर