पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३१ गते ४:०५

काठमाडौं। पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको जनाइएको छ।

बिहान घरमै बसिरहेका बेला हृदयघात भई निधन भएको बताइएको छ। पौडेल संविधानसभाको सदस्य थिए। उनी तत्कालीन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत थिए। पौडेल लेखक एवं पूर्वपत्रकार पनि हुन्। उनका श्रीमती गङ्गा वेलवासे पनि पार्टीको केन्द्रीय सदस्य हुन्।

उनका दुई छोरी छन्। पौडेलको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपाका नेताहरु आउने कार्यक्रम रहेको जिल्ला अध्यक्ष परियारले जानकारी दिए। उनको शव बघौडा अस्पतालमा रहेको छ।

२०७६ जेठ ३१ गते ४:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर