गुठी विधेयक खारेज गर्न माग गर्दै पाटनमा मशाल जुलुस (हेर्नुस् ७ तस्वीरमा)
आजको खबर | प्रकाशित : २०७६ जेठ ३२ गते ३:५८

काठमाडौं। गुठी विधेयक खारेज गर्न माग गर्दै शुक्रबार पनि आन्दोलन गरिएको छ।
सरकारले गुठी विधेयक ल्याएसँगै त्यसको विरोधमा उत्रिएका नेवार समुदायले केही दिनदेखि आन्दोलन गर्दै आएको हो। विभिन्न आन्दोलनको कार्यक्रम गर्दै आएको नेवार समुदायले शुक्रबार साँझ ललितपुरको पाटन दरबार क्षेत्रमा मशाल जुलुश निकालेको हो।
उक्त विधेयक नेपालको ऐतिहासिक सम्पदा, संस्कृति विरोधी भएको भन्दै गुठीलगायत विधिन्न संघसंगठनले विधेयक खारेज गर्न माग गर्दै प्रदर्शन गरिरहेका छन्।
विधेयकका प्रावधानले गुठीको जग्गा भू माफियाको हात जाने र धार्मिक सभ्याता नै जोखिममा पर्ने उनीहरुको चिन्ता छ।
तस्वीर : आर्यन धिमाल
२०७६ जेठ ३२ गते ३:५८ मा प्रकाशित