गुठी विधेयकको विरोधमा बसन्तपुरमा बृहत् प्रदर्शन

आजको खबर   |    प्रकाशित : २०७६ जेठ ३२ गते ६:०३

काठमाडौं । सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोधमा बसन्तपुरमा पनि बिहानै प्रदर्शन भएको छ। ज्यापु महागुथी नेपाः ले आह्वान गरेको बसन्तपुरको दमकल अगाडिबाट विरेध प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीले उक्त गुठी विधेयक धर्म संस्कृति र परम्परामाथि नै प्रहार हुने भन्दै उक्त विधेयक फिर्ता लिन माग गरेका थिए । प्रदर्शन सँगै गुठी विधेयक २०७५ खारेजी अभियानले उक्त विधेयक खारेजीको माग गर्दै बसन्तपुरको महादेव पार्वमा बिहान ८ देखि ९ बजेसम्म एक घण्टा धर्ना दिएका थिए ।

धर्ना कार्यक्रममा पूर्व मन्त्री नविन्द्रराज जोशी, नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा सर्वसाधरणहरुको बाक्लो सहभागिता रहेको थियो।

२०७६ जेठ ३२ गते ६:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर