गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्छ : प्रधानमन्त्री ओली

आजको खबर   |    प्रकाशित : २०७६ असार ३ गते १:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गरेका छन्।

उनले हिजो काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका विषयमा विभिन्न जनप्रतिनिधिले आफ्नो राय व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सो अवसरमा राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए।

जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताएका थिए।

२०७६ असार ३ गते १:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर