सरकारले प्रतिपक्षलाई हेप्यो, विपक्षी दलमाथिको बलमिच्याईँ अस्वीकार्य : देउवा

आजको खबर   |    प्रकाशित : २०७६ असार ४ गते ६:२३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको आरोप लगाएका हुन्। उनले सरकारले विपक्षी दलमाथि बलमिच्याई गर्दै अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए।

विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थिति हुनुपर्ने भन्दै उनले सरकारले प्रतिपक्षी दललाई सधै हेप्ने गरेको आरोप लगा। ‘प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ। विपक्षी नेता बोल्दाखेरी प्रधानमन्त्री आउनै पर्छ। तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन्,’ देउवाले भने। उनले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएको सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाए।

उनले भने, ‘हिजो मैले पहिले समय मागिसकेको थिएँ। प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो। मेरो जवाफ दिन पाउनुहुन्थ्यो। यहाँ उल्टो भएको छ। संसारमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो। संसार भरि नै जवाफ दिने हो प्रधानमन्त्रीले। बोल्न विपक्षीले हो। तर यहाँ ठिक उल्टो भयो। सत्तापक्षले बोल्नुपर्ने, विपक्षी बोल्न नपाउने? यस्तो डेमोक्रेशी हुन्छ? बल मिच्याई चल्दैन, हामी कुनै हालतमा मान्यवाला छैनौं?’

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिनसम्म लगातार संसद अरुद्ध गरेको स्मरण गराउदै उनले आफूहरुले बोल्नका लागि मात्रै समय मागरेको बताए। उनले भने, ‘शेरबहादुरले माग्या मैले दिनुपर्ने भन्ने। मैले माग्दैमा डराइहाल्नुपर्ने। मैले त अरु पनि मागेको छु।’
उनले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको विधेयकलाई संसद बाहिर गएर फिर्ता लिने काम गरको भन्दै आपत्ति जनाए।

उनले भने, ‘संसद चलेको बेला संसदमा दर्ता भएको विधेयक बाहिर फिर्ता लिन मिल्छ कहाँको संसदीय परम्परा हो? संसदबाट फिर्ता लिनुपर्छ।’ उनले मिडिया काउन्सिल विधेयक, सूचना विधेयक, मानवअधिकार आयोग लगायतका संविधान विरोधी विधेयक कुनै पनि हालतमा संसदबाट पास हुन नदिने चेतावनी दिए।

उनले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रजातन्त्र माथिको आक्रमण भएको टिप्पणी गरे। मिडियालाई त्रर्साउने, धम्काउने गरि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताए। प्रजातन्त्र र बहुदलीय व्यवस्था माथिको आक्रमण आफूहरुलाई स्वीकार्य नहुने भन्दै उनले सरकारले दबाउन खोजे सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

राष्ट्रिय सुरक्षा परिषद् विधेयकमा आफुले सेना परिचालन गर्न पाउने गरि व्यवस्था गरिएको भन्दै उनले प्रधानमन्त्रीले मातहतका निकायमाथि विश्वास गर्न नसकेको टिप्पणी गरे। उनले प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको दाबी गरे।

२०७६ असार ४ गते ६:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर