गुठी आन्दोलनका ४ नौला दृश्य : जसले हान्यो लाठी उसैलाई फूल उपहार (भिडियो)
आजको खबर | प्रकाशित : २०७६ असार ५ गते ६:४७

काठमाडौं। काठमाडौंको माइतिघरमा गुठी पक्षधरहरु सहित हजारौं मानिसले विशाल प्रदर्शन गरेका छन्।
सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक २०७५ फिर्ता लिएतापनि त्यस विधेयकको खारेज नै गर्न दवाब दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माइतीघर मण्डलामा बुधबार विशाल प्रदर्शन गरेका हुन्।
मानिसका भीडले माइतीघर मण्डल खचाखच थियो तर, यतिधेरै मानिस उपस्थित विरोध प्रदर्शनमा अरुबेला हुने आन्दोलनमा भन्दा केही फरक तथा अनौठा दृश्यहरु देखियो पसको यतिबेला चौतर्फी चर्चा भइरहेको छ ।
आज हामी यस भिडियोमा सोही मानव सागर उर्लिएर गुठी विधेयक खारेजी को माग गर्दै गरेको आन्दोलनका चार नौला तथा रोचक दृष्यहरु देखाउँदैछौँ । यसमा आन्दोलनकारीहरुले बिरामी बोकेको एम्बुेलन्स आउँदा बाटो सहज रुपमा छाडेको, जेठ २६ गते गुठी विधेयककै विरोध गर्दा प्रहरीको लाठीचार्ज गरेको थियो ती प्रहरीलाई फुल उपहार दिएको ।
त्यस्तै पानीको फोहोरा हानेर तितरबितर पारेपनि तिनै आन्दोलनकारीहरुले हिजोको खान्दोलनमा गर्मीमा तातेका प्रहरीलाई पानी पिलाएको दृष्यहरु रहेका छन् ।
हेर्नुहोस् भिडियोमा …