६ महिनामा मात्रै ६ सय ५९ जनाले गरे सगरमाथा आरोहण

आजको खबर   |    प्रकाशित : २०७६ असार ५ गते ८:०७

काठमाडौं। पछिल्लो केही वर्ष यताकै सबैभन्दा बढी आरोहीहरुले यस वर्ष सगरमाथा आरोहण गरेका छन्।पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुको समयमा गाइड सहित ६ सय ५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।

सगरमाथा आरोहण गर्ने अनुमति पाएका २ सय ८१ आरोही र उनीहरुका सहयोगी ३ सय ७८ गरी यस वर्ष ६ सय ५९ जनाले सगरमाथाको आरोहण गरेका हुन्।

सगरमाथा आरोहण गर्ने ३ वर्षको आँकडा हेर्ने हो भने यो वर्षमात्रै अघिल्लो वर्षको भन्दा ३५ जनाबढी आरोहीहरुले सगरमाथा आरोहण गरेका छन्।आरोहणका लागि ४४ आरोहण दलका ३ सय ८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६ सय ४२ जना (सरदार), गाइड र शेर्पासमेत गरेर जम्मा १ हजार २३ गएका थिए।

आरोहणकै क्रममा सगरमाथा ८ जनाको मुत्यु भएको र एक जना हराइरहेको विभिन्न एजेन्सीको विवरणलाई उद्धृत गर्दै विभागले जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

पर्यटन ऐन २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अन्तर्गत सगरमाथा आरोहणका लागि यो वर्ष थप ३५ जना आरोहीहरुलाई अनुमति दिएको पर्यटन विभागका प्रवक्ता तथा निर्देशक सुरेन्द्र थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार सगरमाथा आरोहणका लागि अघिल्लो वर्ष सन् २०१८ मा ३ सय ४६ अनुमति प्राप्त गरी सगरमाथा आरोहण गरेका थिए। त्यस्तै सन् २०१७ मा ३ सय ६६ जना आरोहीहरुले सगरमाथा आरोहण गरेका थिए।

२०१८ मा सन् २०१७ को तुलनामा १५ जना आरोहीहरु घटेका थिए। विभागको अभिलेख अनुसार अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही, सरदार गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्य तथ्यांकलेसमेत देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२०७६ असार ५ गते ८:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर