रसुवागढी जलविद्युतको सुरुङमा फसेका १६ जनाको सकुशल उद्धार

आजको खबर   |    प्रकाशित : २०७६ असार ६ गते ०:५२

काठमाडौं । रसुवागढी जलविद्युत आयोजनामा सुख्खा पहिरो गएपछि सुरुङ भित्र फसेका सबै १६ जना कामदारको सकुशल उद्धार भएको छ । बिहीबार साँझ सुरुङमा सुख्खा पहिरो गएपछि १० जना नेपाली र ६ जना चिनियाँ कामदार सुरुङ भित्र फसेका थिए ।

सुरुङ भित्र रहेका सबैको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२स्थित आयोजना स्थलमामा पहिरो गएको खबर पाएपछि उद्धारका लागि सीमा सुरक्षा चौकीबाट ७ जनाको प्रहरी टोली पुगेको थियो । यस्तै स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको थियो ।

चिनियाँ ठेकेदार कम्पनीका मानिसहरुले पनि उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ ।

२०७६ असार ६ गते ०:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर