आज शनिबार, मेघ गर्जनसहित वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ असार ७ गते ६:४५

काठमाडौँ । आज (शनिबार) देशको मध्य तथा पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने भएको छ ।

बिहीबार पूर्वी भेगबाट प्रवेश गरेर अहिले मध्यक्षेत्रमा आएको मनसुन विस्तारै पश्चिमतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको दुई दिनमा मनसुन पश्चिम पुग्ने छ । मनसुन पश्चिममा पुगेसँगै देशभर वर्षा हुने मशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाले जनाए अनुसार अबको दुई दिन पूर्वमा बढी र मध्य तथा पश्चिममा कम पानी पर्ने छ ।

यतिबेला मध्य र पश्चिम क्षेत्रमा वर्षा भैरहेको छ । शनिबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरु तथा पश्चिमका केहि भागमा वर्षाको सम्भावना रहेको छ।

२०७६ असार ७ गते ६:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर