‘टेबल सलामी’: खेलाडीलाई सम्मान गर्न सलामी ग्रहण गरेको जिकिर

आजको खबर   |    प्रकाशित : २०७६ असार १० गते १:४५

काठमाडौं । जिल्ला जिल्लाका विभिन्न स्थानीय तहमा हाल भइरहेका राष्ट्रिपति रनिंग शिल्ड खेलकुद प्रतियोगिताका उद्घाटन शत्रमा प्रमुख अतिथिले गरेका केही अस्वभाविक गतिविधिका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । साथै त्यस्ता प्रमुख अतिथिहरु ट्रोलको शिकार पनि भएका छन् ।

हालसबैभन्दा धेरै ट्रोलको शिकार बनेका छन् – धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपाल । उनले टेबलमाथिबाट खेलाडीबाट सलामी ग्रहण गरेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यसरी आफ्ना मेयर नेपालको तस्वीर सामाजिक सञ्जालमा भाइरल तथा ट्रोलको शिकार भएपछि महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहदेव रायमाझी र नगरपालिका स्रोत व्यक्ति पुष्प बहादुर कटुलाले सोमबार सँयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका छन् । उनीहरुले खेलकुद कार्यक्रममा उपस्थित वरिष्ठ अतिथिले यसरी सलामी लिने प्रचलन स्वभाविक भएको र सो खेलाडीको सम्मानमा भएको जिकिर गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा तस्वीर भाइरल बनाएको र ट्रोल बनाएकोमा पनि आपत्ति प्रकट गरेका छन् ।

यसअघि ओखलढुंगाका प्रदेश सभा सदस्य अम्बिरबाबु गुरुङले पिर्कामा चढेर सलामी लिएका थिए । ओखलढुंगाकै अर्का प्रदेश सभा सदस्य मोहनकुमार खड्काले पनि पिर्कामा चढेर सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

२०७६ असार १० गते १:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर