एसइईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते २:४८

काठमाडाैं। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ। विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ।

कार्यालयले आज दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको छट।यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो। संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।

त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.np मा गएर पनि रिजल्ट हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

२०७६ असार १२ गते २:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर