पहिरोले ५ घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते ४:३५

काठमाडौँ । आज बिहानैबाट अवरुद्ध धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग दोहोरो रुपमा सुचारु भएको छ ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेर अवरुद्ध भएको पृथ्वी राजमार्ग अहिले करिब साढे ९ बजेबाट दोहोरो रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङले डिसी नेपालाई जनाएको छ।

प्रहरीका अनुसार बिहानबाट अवरुद्ध सडक ९ वटा स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासीले ५ घण्टापछि खुलाएका हुन् ।

सडक अवरुद्ध भएपछि १५ किलोमिटरसम्मको राजमार्गमा करिब ७-८ सय यातायातका साधन रोकिएका थिए ।  सडक खुलेसँगै पहिरोले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

२०७६ असार १२ गते ४:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर