एसईई परीक्षाको नजिता सार्वजनिक, यसरी हेर्नुहोस् परीक्षाफल

आजको खबर   |    प्रकाशित : २०७६ असार १२ गते १२:४३

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल आज सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित नतिजा अनुसार १६ हजार ८ सय ८२ ले ए प्लस ल्याएका छन् । यस्तै, ४८ हजार ९६० ले ए जीपीए ल्याएका छन् । यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याएका छन्।

यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याएका छन्। ९७ हजार २९९ ले सी प्लस ल्याए। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जना छन्।

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएको परीक्षा नियनत्रण कार्यलयले जनाएको छ। चार हजार ४२९ जनाले डी जीपीए ल्याएका छन्। कुनै पनि ग्रेड नल्याउने ८ हजार २ सय ७ जना रहेकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन्।

एसइइको नतिजा थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।

त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.np मा गएर पनि रिजल्ट हेर्न सकिन्छ ।

२०७६ असार १२ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर