मलेसियामा पक्राउ परेका कलाकारहरु स्वदेश फिर्ता

आजको खबर   |    प्रकाशित : २०७६ असार १३ गते ३:३९

मलेसिया । मलेसियामा मुस्लिमहरुको चाड इदको उपलक्ष्यमा आयोजीत एस्एस्ओजी धमाका वान नामक सांगितिक कार्यक्रमका लागि मलेसिया आएका गायिकाद्वय श्रेया राई, सुनिता थेगिम र गायक सुजन आङ्दम्बेलाई अदालती प्रक्रिया पुरा भएपछि हिजो नेपाल फर्काईएको छ ।

दुतावास श्रोतको जानकारी अनुसार कार्यक्रममा सहभागी हुन आएका ती कलाकारहरुसहित स्थानीय नेपाली कलाकार र आयोजक टोलीसहित ३२ जना अध्यागमन उल्लंघन गरेको आरोपमा जुन ६ तारिक कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ परेका थिए ।

पक्राउ परेका मध्य केहि छुटिसकेका छन्, भने अन्यलाई अदालतको फैसलापछि जेल तथा फिर्ती केन्द्रमा राखिएको छ । अदालती फैसला अनुसार जरिवाना रकम तिरेका र जेल सजाय पूरा गरिसकेपछि फिर्ती केन्द्रमा रहेकाहरु हवाई टिकटको व्यवस्था मिलाएर स्वदेश फर्कन पाउँछन् ।

थुनामा परेका कलाकार स्वदेश फर्काउन मलेसिया स्थित नेपाली राजदुतावास तथा विभिन्न संघसंस्थाले पहल गरेका थिए ।

२०७६ असार १३ गते ३:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर