सेल्फीको बढ्दो क्रेज खतरनाक! सेल्फी खिच्ने क्रममा २ वर्षमा २५९ मृत्यु
आजको खबर | प्रकाशित : २०७६ असार १३ गते ७:४४

काठमाडौं। युवाहरुमा सेल्फीको बढ्दो क्रेज निकै खतरनाक भन्दै गएको छ । सेल्फी लिने क्रममा पछिल्लो ६ वर्षमा २५९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
यीमध्ये सबैभन्दा धेरै मृत्यु भारतमा भएको छ । त्यसपछि रुस, अमेरिका र पाकिस्तानमा धेरै मृत्यु भएका छन् ।
जर्नल अफ फेमिली मेडिसिन एण्ड प्राइमरी केयरमा प्रकाशित रिपोर्टअनुसार अक्टोबर २०११ देखि २०१७ सम्म सेल्फी लिने क्रममा भारतमा मात्र ५९ जनाको मृत्यु भएको उल्लेख छ । शोधकर्ताहरुका अनुसार यसरी मृत्यु भएकामध्ये आधा व्यक्तिहरुको उमेर २० वर्षदेखि २९ वर्षको बीचमा थियो ।
२०७६ असार १३ गते ७:४४ मा प्रकाशित