आज बिहानै जमलमा भयानक कार दुर्घटना, रेलिङ भत्काएर उल्टियो कार

आजको खबर   |    प्रकाशित : २०७६ असार १४ गते ५:१३

काठमाडौं । आज शनिबार बिहानै जमलमा भयानक कार दुर्घटना भएको छ। काठमाडौंको केशरमहलबाट जमलतर्फ जाँदै गरेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

यस कार दुर्घटनालाई ट्राफिक प्रहरीले ‘भयानक’ दुर्घटना भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन। उक्त कार दुर्घटनामा परी चालक बिजेन दुवाल सामान्य घाइते भएका छन् भने कारमा सवार अन्य तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

कार होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङ भत्काएर फुटपाथमा पुगेको छ । चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

२०७६ असार १४ गते ५:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर