गुठी पक्षधरहरुको आज बृहत्त मोटरसाइकल र्‍याली

आजको खबर   |    प्रकाशित : २०७६ असार १४ गते ९:२१

गुठी विधेयक विरुद्ध आन्दोलनरत बिभिन्न सघसस्थाहरुले आज शनिबार मोटरसाइकल र्‍याली आयोजना गर्दैछ ।

काठमाडौँ । विधेयक खारेजीको मागसहित पहिचान र स्वाभिमानको संरक्षणको लागि राज्यलाई खबरदारी गर्न बृहत मोटरसाइकल र्‍याली आयोजना गरिएको छ।

सरकारले संसदबाट आधिकारिक रुपमा नै गुठी विधेयक फिर्ता लिइएतापनि विभिन्न संघसंस्थाहरुले गुठी विधेयक खारेजी र केही मन्त्रीको राजिनामा माग गर्दै आज उपत्यकामा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ । आज बिहान ११ बजेबाट र्‍याली सुरु गरिएको हो ।

न्यूरोड जुद्ध शालिकबाट शुरु गरिएका मोटरसाइकल र्‍याली उपत्यकाका विभिन्न स्थान परिक्रमा गर्दै कीर्तिपुरमा पुगेर समापन गरिने छ ।

न्यूरोडबाट जमल, दरवारमार्ग हुँदै कमलपोखरी गौशालाबाट कोटेश्वर, जडिबुटी, सिनामंगल हुँदै पुरानो थिमिबाट व्यासी हुँदै कमलविनायक, च्याम्हासिँह, सिद्ध पोखरी, सल्लाघारी, कोटेश्वर, ग्वार्को हुँदै मंगलबजार, पूल्चोक, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खुबाट किर्तिपुर पुगेर र्‍याली सभामा परिणत भएको हो ।

२०७६ असार १४ गते ९:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर