मोरङमा शौचालयको सेफ्टी ट्यांकी भित्र निस्सारिएर ४ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७६ असार १४ गते १७:११

मोरङ । मोरङको सुनबर्षी नगरपालिका-९ डायनियामा शनिबार शौचालयको सेफ्टी ट्यांकी भित्र निस्सारिएर ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डायनियास्थित मस्जिदको कम्पाउण्डमा निर्माणाधिन सेफ्टी ट्यांक भित्र ४ जना बेहोस फेला परेका थिए ।

उनीहरुलाई प्रहरी र स्थानीयको सहयोगमा अस्पताल पठाइएको थियो । तर, डाक्टरले उनीहरुलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीको विज्ञप्तिः
मिति २०७६।०३।१४ गते अन्दाजी १५ः३५ बजेको समयमा जिल्ला मोरङ सुनबर्षी नगरपालिका ९ डायनिया स्थित मस्जिदको कम्पाउण्डमा निर्माणाधिन सेफ्टी ट्यांकी भित्र पस्ने क्रममा निम्न मानिसहरू उक्त सेफ्टी ट्यांकी भित्रनै अचेत अवस्थामा रहेका छन् भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी डायनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली तथा स्थानियबासी समेत भई निजहरूलाई उद्दार गरी रंगेली अस्पताल पठाईएको ।
निम्न ः
१ जिल्ला मोरङ सुनबर्षी न।पा ९ बस्ने बर्ष २० को मो। फिरोज आलम
२ सोही स्थान बस्ने बर्ष २५ को सहनवाद आलम
३ सोही स्थान बस्ने बर्ष ४५ को कपिल आलम
४ सोही स्थान बस्ने बर्ष २२ को मो। ओसिब आलम
५ सोही स्थान बस्ने बर्ष ४० को दाउद मिया

निजहरू मध्ये मो. फिरोज आलम, सहनवाद, कपिल आलम र मो। ओसिब आलम समेतलाई थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएकोमा डाक्टरद्वारा मृत्यू घोषणा गरेको । दाउद मिया रंगेली अस्पतालमा उपचार पश्चात घर फर्केको, निजको स्वास्थ्य स्थिति सामान्य रहेको ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

यस अकल्पनीय दुखद घडीमा जिल्ला प्रहरी कार्यालय मोरङ उक्त दुर्घटनामा परी असामयिक निधन हुनु भएका ब्यक्तिहरूको मृतआत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गर्दछ ।

२०७६ असार १४ गते १७:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर