ओमनमा सुतिरहेकै अवस्थामा अस्ताए एक नेपाली युवा

आजको खबर   |    प्रकाशित : २०७६ असार १५ गते ७:२२

मस्कट । वैदेशिक रोजगारीको लागि ओमन आएका एक नेपाली युवाको ज्यान गएको छ ।

करिब १४ महिना अगाडि सरसफाइ मजदुरका रुपमा आएका प्युठानका ३२ वर्षीय रुम बहादुर घर्ती मगरको बिहीवार राति सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।

मस्कटस्थित ओमन टावस कम्पनीको क्याम्पका सुतिरहेको अवस्थामा रातको ४ बजे उनको मृत्यु भएको हो । उनको मृत्युको कारण हृदयघात हुन सक्ने आशंका गरिएको छ।

उनको परिवारमा २ छोराछोरी र बुवामात्रै रहेको बुझिएको छ ।

२०७६ असार १५ गते ७:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर