टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा, अन्तिम १४ मा यी खेलाडीले स्थान बनाए

आजको खबर   |    प्रकाशित : २०७६ असार १५ गते ८:५९

काठमाडौं । पारस खड्काको कप्तानीमा सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएका छन् ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ ।

१४ सदस्यीय नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर र सोमपाल कामी छन् ।

२०७६ असार १५ गते ८:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर