बाबुराम भट्टराईले हलो जोते, नेकपा सांसद हातमा ग्लोभ्स लगाएर गह्राको डिलमा

आजको खबर   |    प्रकाशित : २०७६ असार १५ गते १७:२५

काठमाडौं । आज आइतबार असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो खाएर मुरी उब्जाउने बेला नेपालको प्रमुख खाद्द्यान्न बाली धान रोप्ने दिन असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउदै आईएको छ । नेपालका बिभिन्न ठाँउमा आइतबार देशभर धान दिवस खेतमा धान रोपेर मनाइयो ।

पूर्व प्रधानमन्त्री एवम् समाजवादी नेपाल, पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखाको पालुङटारमा रोपाईं गरेर धान दिवस मनाएका छन् । असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा आफ्नै गृहजिल्लामा आयोजित रोपाईं कार्यक्रममा उनले गोरु नै समातेका छन् । भट्टराईले गोरु जोत्ने, बाउसे गरेको र धान रोपेका तस्बिर यति बेल भाईरल भैरहेका छन् ।

धान दिवसको अवसरमा तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि भए पनि कपितय हातमा बिउ लिएर हिले गह्रा नजिकैसम्म पुगे । नेकपा सांसद नवराज सिलवाल हातमा ग्लोभ्स लगाएर हिले गह्रा नजिकै पुगेर उनले खिचाएको तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।

२०७६ असार १५ गते १७:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर