आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७६ असार १८ गते ०:४६

काठमाडौं । बलिउडको नीजि कार्यक्रम आईफा अवार्ड नेपालमा आयोजना गर्न सरकारले आर्थिक सहयोगसमेत गर्ने तयारी गरेपछि संसदीय समितिले सो अवार्ड तत्कालन रोक्न निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार आईफा अवार्ड रोक्न सरकारलाई दिर्नेशन दिएको हो । समितिले राष्ट्रिय स्वाधिनतामाथि नै आँच आउने गरी कार्यक्रम आयोजना गर्न लागिएको भन्दै सो वार्ड कार्यक्रम रोक्न निर्देशन दिएको हो ।

भारतीय निजी व्यावसायिक संस्था विजक्राफ्टको आर्इफा (इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी) अवार्ड आयोजना गर्न नेपाल सरकारले अनुमति दिएको छ । सरकारले महानगरपालिका र पर्यटन प्रवद्धन बोर्डलाई कार्यक्रमको जिम्मा दिएको छ भने बोर्ड र महानगरले ४० लाख डलर आयोजकलाई दिने तयारी गरेका छन् । यस्तै अवार्डका लागि नेपाल आउने करिब ६ सय पाहुनाका लागि हवाई भाडा र होटल खर्चसमेत सरकारले व्यहोर्ने तयारी छ ।

पर्यटन प्रवद्र्धन हुने भन्दै सरकारले आफ्नै खर्चमा भारतीय कार्यक्रम गर्न लागेपछि त्यसको व्यापक विरोध भइरहेका बेला संसदीय समितिले राष्ट्रियताकै प्रश्न उठाएर कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो ।

यसैबीच मंगबारै बसेको संसदको विकास समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले जसरी पनि आईफा अवार्ड आयोजना गरेरै छाड्ने बताएका थिए ।

२०७६ असार १८ गते ०:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर