राहुल गान्धीले दिए पदबाट राजीनामा

आजको खबर   |    प्रकाशित : २०७६ असार १८ गते १४:०८

नयाँ दिल्ली । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामा दिएका छन् । हालै भएको लोक सभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि पार्टी अध्यक्षबाट राजीनामा दिने अडानमा रहेका गान्धीले आज बुधबार उनले चुनावमा भएको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गान्धीले आफ्नो राजिनामालाई लिएर एक पत्र पनि लेखेका छन् जसलाई उनले सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् । राजीनामा पत्रसँगै उनले ट्वीटरमा लेखेका छन्, ‘काँग्रेस पार्टीको अध्यक्ष भएर सेवा गर्न पाउँदा खुशी लागेको छ, हाम्रो सुन्दर देशमा हाम्रा मान्यता र मूल्यहरु जीवनमा रगतको महत्व जतिकै छन् ।’

२०७६ असार १८ गते १४:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर