गुठी विद्येयकले निजी गुठीलाई छोएकै थिएन : मन्त्री अर्याल

आजको खबर   |    प्रकाशित : २०७६ असार १९ गते १:१८

पर्वत । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयकले निजी गुठीलाई नछोएको तर जनताका बीचमा गलत ढङ्गले भ्रम फैलाउने काम भएको बताएकी छन्।

जिल्ला नापी कार्यालय पर्वतको आज उद्घाटन गर्दै मन्त्री अर्यालले गुठी विद्येयक अन्य गुठीलाई प्राधिकरण मातहत ल्याएर व्यवस्थापन गर्ने उद्देश्य भए पनि निजी गुठीका हकमा कुनै प्रावधान नै नभएको स्पष्ट पारिन्।

मठ मन्दिर र धार्मिक क्षेत्रलाई अझै व्यवस्थित बनाउननै प्राधिकरणको अवधारणा आएको बताउँदै उनले देशभरका गुठीलाई छाता बनाएर राख्ने र व्यवस्थित गर्ने तयारी थालेकाले बुझेर मात्र विरोध गर्न आग्रह गरिन्।

मन्त्री अर्यालले भूमिको समुचित व्यवस्थापन नभएसम्म देशले समृद्धि हासिल गर्न नसक्ने बताउँदै भूमि सम्बन्धी समस्या पहिचान गरी ऐन बनाइ अझै व्यवस्थित गराउने तयारी थालिएको बताइन्।

मालपोत र नापी कार्यालयमा हुने ढिलासुस्ती र अनियमिमता रोक्नका लागि सरकारले उच्च प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको स्पष्ट पारिन्। ‘सेवा प्रवाहमा फरकपन आउने गरी प्रविधिको उच्चतम प्रयोग भइरहेको छ’, उनले भनिन्, ‘सुशासन प्रर्वद्धन गर्नु पहिलो शर्त भएकाले सेवाग्राही मैत्री प्रविधि प्रयोगमा जोड दिइएको छ।’

यसैगरी नेपाल कम्युनिष्ट पार्टी पर्वतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अर्यालले सरकारले जनतालाई केन्द्रमा राखेर काम गर्दा चारैतिरबाट प्रहार भएको बताउँदै जनतालाई नोक्सानी नै हुने गरी रौं बराबरको पनि गलत काम नगरेको दाबी गरिन्। उनले भनिन्, ‘हामीले जानेर गलत काम केही पनि गरेका छैनौं।’

२०७६ असार १९ गते १:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर