बालविवाह मुक्त नगरपालिका बनाउँछौँ : मेयर मण्डल

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते २:०५

सिरहा । दलित विकास मञ्च सिरहाले आयोजना गरेको अभिभावक तथा सरोकारवालासँग एक दिने अन्तक्रिया कार्यक्रममा कल्याणपुर नगरपालिकाको मेयरले नगरपालिकालाई बालविवाह मुक्त बनाउने बताएका छन्।

मेयर सूर्यनाथ मण्डलले बालविवाहको कारणले अनाहकमा ज्यान गुमानु परेको तर हाम्रो समाजमा जनचेतनाको अभावले पनि विवाह हुने गरेको बताए। ‘उमेर नपुगी विवाह गरेको समाजिक र कानूनी अपराध नै हो। अब कानूनको दायरा ल्याउँछु नगरपालिका र वडाबाट पाउने सुविधा रोक्का गर्छु।’ उनले भने।

अन्तरकृया कार्यक्रममा दलित विकास मञ्च सिरहाको कार्यक्रम संयोजक सरिता महराले कार्यक्रमको उद्देश्य र स्वागत मन्तब्य राखेको थियो। कार्यक्रममा युवा नेता रामदयाल मण्डल, स्वास्थ्य प्रमुख अदल सिंह रोकाया, देबन मण्डल, उतिमलाल मण्डललगायतले बालविवाह सम्बन्धि धारणा राखेको छ।

अन्तरक्रिया कार्य्रकम सञ्चालन रामचन्द्र महराले गरेको थियो र कार्य्रकमको अध्यक्षता संस्था की अध्यक्ष रूणा कुमारी महराले गरेकी थिईन्।

२०७६ असार २० गते २:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर