सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे ट्रक त्रिशुलीमा खस्याे, दुई जनाकाे निधन

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते ४:५२

काठमाडौं। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान साढे ६ बजे त्रिशुली नदीमा खस्दा दुई जनाको निधन भएको छ।

इँटा लिएर काठमाडौं आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको ट्रक बिहान पौने ६ बजेतिर चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकबाट त्रिशूली नदीमा खसेको चितवन चितवन प्रहरीले डिसी नेपाललाई जनायो।

दुर्घटनमा दुर्ई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकका सहचालक सर्लाहीका करिव १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का मृतकको परिचय खुल्न सकेको छैन।

२०७६ असार २० गते ४:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर