नेपाल आइडलका सुमित पाठकको पहिलो गीत ‘समाचार’ रिलीज (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७६ असार २० गते ६:१६

काठमाडौँ । नेपाल आइडलका गोल्डन माइक विजेता सुमित पाठकको पहिलो गीत ‘समाचार’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सुमित पाठक नेपाल आइडलबाट निकै चर्चामा आएका हुन् । उनको डेब्यु गीत समाचारमा चर्चित गायक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको छ ।

लोकेश बज्राचार्यले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा गायक सुमित पाठक स्वयंम र शिक्षा सङ्ग्रौलाको फिचर्ड रहेको छ ।

भिडियो निकै राम्रो बनेको छ भने गीतका शब्दहरु पनि निकै मनछुने खालका छन् । गीत रिलिजको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा आएको छ भने गीतको भ्युज अझै बढ्ने क्रममा नै रहेको छ ।

हेर्नुहोस् गीतको भिडियो …

२०७६ असार २० गते ६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर