रुख कटहर खान मनपर्छ ? हेर्नुहोस् यी हुन् रुख कटहर खानुका १० फाईदा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७६ असार २१ गते ३:०७

काठमाडौं । रुख कटहरलाई नपाक्दै तरकारी तथा पाकेपछि फलफूलको रुपमा खाने गरिन्छ । विशेषगरी शाकाहारी मानिसले यसलाई मासुको विकल्प मानेर तरकारीको रुपमा प्रयोग गर्दछन् । फलफूल तथा तरकारी जसरी प्रयोग गरे पनि यसका फाइदा कैयौं हुन्छन् ।

जानीराखौँ यस्ता छन् कटहरका १० फाइदा :

१) पाकेको रुख कटहरलाई पानीमा उमालेर चिसो बनाई खाने हो भने मुटुका रोगीलाई यसले फाइदा पुर्याउँछ भने दिमागलाई पनि ताजा राख्दछ।

२) रुख कटहरमा पाइने पोटासियमले उच्च रक्तचापलाई कम गर्दछ ।

३) यसमा भएको आइरनले एनेमिया रोग लाग्न दिदैन भने रक्त सञ्चारलाई पनि बढाउँछ ।

४) नसाका विरामीका लागि पनि कटहर लाभदायक मानिन्छ । यसको रसलाई पानीमा उमालेर चिसो बनाइ खाने हो भने नसाका विरामीलाई निकै फाइदा हुन्छ ।

५) यसमा भएको खनिज तथा कपरले थाइराइड हुन दिन्न ।

६) यसमा भएको म्याग्नेसियमले हाडलाई मजवुत बनाउँछ भने पछि हाड कमजोर हुने रोग ओस्टियोपोरोसिस रोग लाग्दैन ।

७) यसमा पाइने भिटामिन ‘सी’ र भिटामिन ‘बि६’ कारण रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । त्यस्तै यी तत्वले भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउँछन् ।

८) रुख कटहरमा अत्याधिकरुपमा फाइवर हुन्छ ।

९) रुख कटहर खाने हो भने पेटसम्बन्धी रोग जस्तै अल्सर तथा कब्जियत जस्ता पेटसम्बन्धी रोग पनि निको हुन्छन् ।

१०)  कटहरमा पाइने भिटामिन ‘ए’ छाला तथा आँखा चम्किलो हुने गर्दछ ।

२०७६ असार २१ गते ३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर